भारतमा नेपाली महिलाको गोली हानी हत्या
नयाँदिल्ली, ५ चैत । भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मीना तामाङको गोली हानी हत्या भएको छ ।
उनलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् । दिल्लीमा रहेका आरबी खड्काले बिहान सबैभन्दा पहिला पसल खोल्न पुग्ने मीनालाई बुधबार बिहान अज्ञात समूहले गोली हानेर हत्या गरेको बताए । गोली हान्नेले अरु कसैलाई गोली हान्दा मीनालाई लागेको हुन सक्ने जनाइएको छ ।
नुवाकोट घर भएकी ४५ वर्षीय तामाङ नयाँदिल्लीको मजनुका टिलामा पाँच वर्षदेखि किराना पसल चलाउँदै आएकी थिइन ।
बुधबार बिहान करिब सात बजे मोटरसाइकलमा आएका दुई जना लुटेराले पसल लुट्न खोज्दा तामाङले प्रतिकार गर्दा उनीमाथि गोली हानेको दिल्ली प्रहरीले बताएको छ ।
घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले लुटेराहरूको खोजी भइरहेको बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोली हानी हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्