रेडक्रसलाई खाँदबारी नगरपालिकाको ८५ थान त्रिपाल सहयोग
खाँदबारी, ४ चैत्र :
नेपाल रेडक्रस सोसाईटी संखुवासभालाई खाँदबारी नगरपालिकाले त्रिपाल हस्तान्तरण गरेको छ ।
खाँदबारी नगरापालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा संखुवासभाका सभापति सरोज बज्राचार्यलाई मंगलबार एक कार्यक्रम बीच त्रिपाल हस्तान्तरण गर्नुभएको हो ।

झन्डै २ लाख बराबरको ८५ थान त्रिपाल हस्तान्तरण गर्नुहुदै नगर प्रमुख खतिवडाले जिल्लामा बिपत्त व्यवस्थापनमा अग्रणी स्थानमा रहेर काम गर्दै आएको संखुवासभा रेडक्रसलाई हरहिसाबमा जस्तोसुकै सहयोग गर्न खाँदबारी नगरपालिका तयार रहेको बताउनुभयो ।
त्रिपाल बुझ्दै नेपाल रेडक्रस संखुवासभा शाखाका सभापति बज्राचार्यले नजिकिदै गरेको मनसुनमा खाँदबारी नगरपालिकाबाट प्राप्त भएको त्रिपालले जिल्लामा आईपर्ने बिपत्तमा सहयोग पुग्ने र नगरले गरेको सहयोग प्रति आभार ब्यक्त गर्नुभयो ।

खाँदबारी नगरपालिका अन्तर्गत बन बातावरण तथा बिपत व्यवस्थापन समितिका संयोजक निरन्जन श्रेष्ठले नगरको बिपत कोष बाट थप रकम बिनियोजन गरि अन्य विपतको सामाग्रीहरु खरिद गरि नगरको ११ वटा नै बडा कार्यालयमा उपलब्ध गराउने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय
ट्याग : #खाँदबारी नगरपालिका, #नेपाल रेडक्रस सोसाईटी संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्