पोखरा उद्योग वाणिज्य सङ्घ र इ–सेवा फोन पे बीच सम्झौता
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घ र इ–सेवा फोन पेबीच सम्झौता भएको छ । सम्झौतासँगै सङ्घले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा सञ्चालनमा ल्याएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र इ–सेवा फोन पे प्रालिबीच मङ्गलबार क्युआर डिजिटल पार्टनरशीप सम्झौतामा हस्ताक्षर भएको थियो ।
सङ्घले यस अघि नै इ–सेवा र क्युआ कोडमार्फत सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाएको थियो । सङ्घका अध्यक्ष नारायण कोइराला र इ–सेवा फोन पे प्रा.लिका प्रमुख रणनीतिक प्रबन्धक रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
गण्डकी प्रदेशसभा सदस्य तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विन्दुकुमार थापाले डिजिटल भुक्तानी समयको माग भएकोले उडिजिटल भुक्तानी सेवाको स्तरोन्नति गर्दै नागरिकलाई शिक्षित बनाउनु पर्ने र भ्रष्टाचार न्यूनीकरणका लागि डिजिटल भुक्तानीले सघाउने बताए ।
सङ्घका अध्यक्ष नारायण कोइरालाले सङ्घले यसअघि नै सदस्यता नवीकरण इ–सेवामार्फत गर्दै आएको जनाउँदै डिजिटल भुक्तानीले छिटोछरितोरुपमा काम सम्पन्न हुने बताए । क्युआर कोडमार्फत भुक्तानी छिटोछरितो हुने, खुद्राको समस्या नहुने, पैसा कहाँ खर्च भयो भन्ने जानकारी सुरक्षित रहने प्रबन्धक र रोशन लामिछानेको भनाइ छ ।
मोबाइलमा इ–सेवा मोबाइल बैंकिङ एप्स डाउनलोड गरेर क्युआर कोड स्क्यान गर्न सकिन्छ । हाल इ–सेवा फोन पे प्रालिले ५१ वटा बैंकहरुसँग सहकार्य गर्दै आइरहेको जनाउँदै उनले यो सेवा सुरक्षित र भरपर्दो भएको दाबी गरे । अहिले इ–सेवामार्फत सर्वसाधारणले रकम आदानप्रदान गर्न, बिजुली, पानी, टेलिफोनको महसुल भुक्तानी गर्न, मोबाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भुक्तानी गर्न, हवाई टिकट खरीद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कूलको शुल्क बुझाउन र बजारमा शपिङ सेवा उपयोगी आदिमा निकै उपयोग गदै आएको उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##पोखरा उद्योग वाणिज्य सङ्घ र इ–सेवा फोन पे बीच सम्झौता, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्