जोरपाटीकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गर्ने श्रीमान पक्राउ
काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
फरार रहेका सन्तोष सापकोटालाई महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले मङ्गलवार पक्राउ गरिएको हो। सोमबार साँझ प्रहरीले सुकुम्वासी बस्तीस्थित घर नम्बर ३ बाट ३२ वर्षीय सन्तोषी श्रेष्ठ सापकोटाको शव फेला पारेको थियो।
सोमबार नारायण सापकोटाको घर पछाडि रहेको कोठामा बोरामा प्याक गरेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो। बोराभित्र प्लास्टिकको डोरीले बाँधेर डल्लो बनाएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै टाउकामा गहिरो चोट तथा घाटीमा कोतारेको जस्तो डाम समेत थियो। प्रहरीले घटनास्थल नजिकैबाट रगत लागेको हम्मर समेत फेला पारेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा हम्मरले टाउकामा हानेर हत्या गरेको देखाएको छ।
श्रीमानसँग राम्रो सम्बन्ध नभएको कारण केही समयदेखि उनी जोरपाटी माइतमा बस्दै आएकी थिइन्। घटनाको बिहान करिब साढे ७ बजे उनी जोरपाटीबाट बल्खु हिँडेको प्रहरीको अनुसन्धानमा खुलेको छ। श्रीमान् फरार भएपछि प्रहरीले खोजी गरेको थियो।
सन्तोषले कानको सुनको मुन्द्रा, हातको बाला र नगद २३ हजार रुपैयाँ लिएर फरार भएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #श्रीमतीको हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्