सिन्धुलीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु , ७ जना घाईते
चैत्र ,३ काठमाडौं ।
सिन्धुलीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ७ जना घाईते भएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका बजारबाट बाँसकटेरीतर्फ गईरहेको डबल क्यापको गाडी दुर्घट्ना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरीका कार्यालयका अनुसार मृत्यु हुने सबै कमलामाई नगरपालिका-७ बाँसकटेरीका हुन् । मृत्यु हुनेहरुमा ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र दुर्गाकै २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन् ।
गाडी बाँसकटेरीतर्फ जाँदै गर्दा कमलामाई नगरपालिका ७ करमडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको सिन्धुुली अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #सिन्धुली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्