लागूऔषध दुब्यसनीबिरुद्ध प्रहरीको जनचेतनामुलक सडक नाटक
चितवन । पछिल्लो पटक समाजमा बढ्दै गइरहेको लागूऔषध दुब्यसनी र घरेलु हिंसा जस्ता सामाजिक अपराधहरुले निम्त्याएको असरलाइ मध्यनजर गर्दै चितवनमा नेपाल प्रहरीले सचेतनामुलक सडक नाटक तथा संगित थेरापी कार्यक्रमको आयोजना गरेको छ ।
आज (मंगलबार) आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा भरतपुरको चौविसकोठीमा लागूऔषध दुब्यसनीबिरुद्ध जनचेतनामुलक नाटक तथा संगित थेरापी प्रस्तुती कार्यक्रमको आयोजना गरिएको हो ।
आज गरिएको सचेतनामुलक सडक नाटक तथा संगित थेरापी कार्यक्रमले सर्वसाधारणलाइ समेत सचेत गराउने काम गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यक्रममा सार्वजनिक सवारीसाधनमा महिलाहरूमाथि हुने गरेको दुर्व्यवहार, लागूऔषधको दुर्व्यसनी तथा कारोबारीहरुको बारेमा समेेत छर्लङ्ग पारिएको थियो ।
किशोर किशोरी लागूऔषध प्रयोगकर्ता बन्नुको पछाडी असफलता, सामाजिक परम्परा तथा कुरीताका साथै, साथीभाईको लहलहैमा लागेर लागूऔषध प्रयोग गर्ने र यस्ले उनीहरुको भबिष्य नै अन्धकारतर्फ पुर्याउन सक्ने भएकोले अभिभावकहरु समेत यस्मा उत्तिकै चनाखो हुनुपर्ने बताइएको थियो । बर्तमान अवस्थामा युवापुस्ता लागूऔषध दुब्यसनीमा कसरी फस्छन र फसिसकेपछि के हुन्छ ? र, यसबाट बच्न के गर्नुपर्छ भन्ने बिषयमा समेत सडक नाटकबाटै प्रस्तुत गरिएको थियो ।
सडक नाटक कार्यक्रममा पूर्व लागुऔषध प्रयोगकर्ता तथा सुधार गृह सञ्चालक समेत रहेका सुवीन्द्र थापाले आफू साथीहरूको लहैलहैमा लागेर १४ वर्षकै उमेरमा लागूऔषधको दुर्व्यसनीमा फसेको भन्दै यसले पार्ने नकारात्मक असर र आफ्नु अनुभव सुनाएका थिए । साथै, उनलेे लागूऔषधको दुर्व्यसनीले मानिसको भबिष्य नै अन्धकार हुने भएकोले यस्तो कार्यमा नलाग्न युवायुवतीलाई आग्रह गरेका थिए ।
विश्वमा ३० करोडको हाराहारीमा लागूऔषध दुब्यसनी रहेकोमा नेपालमा मात्रै ६ लाख बढी दुर्व्यसनी रहेको छ भने, नेपालमा बर्सेनी नौ हजार बढी लागूऔषध प्रयोगकर्ताहरुले आफ्नु ज्यान नै गुमाउने गरेको एक तथ्यांकले देखाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा गरिएको उक्त कार्यक्रममा समाजसेवी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सामाजिक अधिवक्ता तथा विभिन्न बिद्यालयका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्