पत्रकार सुुवेदीमाथी प्रहरीद्धारा गरिएको निर्मम कुटाई र यातनाको पत्रकारका विभिन्न संगठनद्धारा भत्सर्ना
सीता पौडेल,काठमाडौं। टिभी अन्नपूर्णका सन्चालक एवं प्रेस चौतारी उपत्यका प्रदेश कमिटीका सह–सयोजक पत्रकार राजु सुवेदीमाथि प्रहरीले निर्मम कुटपिट गरेको घटनाप्रति पत्रकारका विभिन्न संगठनहरुले भत्सर्ना गरेका छन् ।
पत्रकार सुवेदीमाथी प्रहरीद्धारा गरिएको यस्तो प्रकारको हर्कत प्रेस स्वतन्त्रतामाथी गरिएको ठाडो प्रहार हो भन्दै आज पत्रकारका विभिन्न संगठनले प्रेस विज्ञप्ती जारी गरि घटनाको भत्सर्ना गदै कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग समेत गरेका छन् ।
सुवेदीलाई सोमवार साँझ न्यूरोडको आरएनएसी अगाडी समाचार संकलनका क्रममा जनसेवाका प्रहरी निरीक्षकसहितको टोलिले निर्मम कुटपिट गरेको थियो ।
प्रहरीले मोबाइल चोरी गर्नेलाई सार्वजनिक स्थलमै कुटपिट गरेको भिडियो खिचिरहेको बेला हामीलाई नसोधी भिडियो खिच्ने युटुबे, पैसा कमाउने धन्दा गर्ने भन्दै अश्लििल शब्द प्रयोग गरि निर्ममतापुर्वक कुट्दै भ्यानमा कोचेको पीडित सुवेदीको भनाई छ । कुटाइको पीडा सुनाउँदै उनले भने , ‘मलाई थर्काउँदै निर्मतापुर्वक कुटियो , मानसिक रुपमा समेत यातना दिइयो । निकै कष्ट भयो । मलाई संवेदलशील अङ्गमा बुटैबुटले हानियो ,कुटपिटको दखाई धेरै छ । मैले अनुरोध गरेपछि उपचारका लागि विर अस्पताल लगियो । ’
संवेदलशील ठाउँमा हानिएका कारण घाउ चोट नदेखिएता पनि दुखाइको पीडा अझै पनिअसहृय भएको घाइते पत्रकार सुवेदीले बताए ।
करिब २ घण्टाको अस्पलाल बसाइपछि उनि राती २ बजे घर पुगेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : ## hot #पत्रकार सुुवेदीमाथी, ##प्रहरीले निर्मम कुटपिट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्