माधव–झलनाथसहित एमालेका सवै केन्दीय सदस्यलाई प्रधानमन्त्री ओलीको एसएमएस
काठमाडौं, चैत । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित केन्द्रीय कमिटीका सवै सदस्यहरुलाई चैत ३ गते चियापानका लागि बालुवाटारमा निम्तो दिनुभएको छ ।
आगामी चैत ७ गतेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले एमाले केन्द्रीय सदस्यहरूलाई चियापानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनु भएको हो । प्रधानमन्त्री ओलीको निर्देशनअनुसार उहाँका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीले आइतबार अपरान्ह खनाल–नेपालसहित सवै केन्द्रीय सदस्यहरुको मोबाइलमा प्रधानमन्त्रीकाको एसएमएस पठाउनु भएको हो ।
‘सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूले पार्टी केन्द्रीय कमिटीको बाह्रौं बैठकको सन्दर्भमा आयोजनf uर्नुभएको चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध छ,’ प्रधानमन्त्री निवास बालुवाटारमा चैत ३ गते बिहान ११ बजेको समय तोकेर भण्डारीले पठाउनु भएको सन्देशमा भनिएको छ ।
अध्यक्ष ओलीले जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । सो भेलाको अघिल्लो दिन पारेर प्रधानमन्त्री ओलीले चियापान आयोजना गर्नुभएको छ ।
माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई बालुवाटारको एसएमएस आएपछि उनीहरु आफूलाई मात्र आएको हो कि भनेर एक अर्कामा बुझ्न थालेका थिए । तर चियापानको निम्तो अरुलाई पनि आएको पाइएको तथ्य फेला पर्यो । प्रधानमन्त्री ओलीले खनाल, नेपालसहितका एमालेका नेताहरुले भाउ खोजिरहेको बेला आफैले निम्तो दिनुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्