बिचौलियाहरुलाइ ध्वस्त पार्दै चितवन प्रहरी, ६ जना पक्राउ
चितवन । चितवन प्रहरीले ६ जना बिचौलियाहरुलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्जुङ बेशीशहर नगरपालिका ८ बस्ने २२ बर्षका अमृत परियार, कास्की पोखर महानगरपालिका वर्डा नम्बर २६ बस्ने २५ बर्षका निशान तामाङ, भरतपुर महानगर १० बस्ने ४० बर्षका वसन्त राना मगर, सोही ठाउँको वर्डा नम्बर १२ बस्ने ४२ बर्षका सुजन थापामगर, वर्डा नम्बर ११ बस्ने ३२ बर्षका दिलिप अधिकारी र भरतपुर महानगर ४ बस्ने २५ बर्षका रोशन खत्री रहेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा यात्रुहरुलाई तानातान गर्ने, यात्रुहरुसंँग जथाभावी भाडा माग गर्ने, अनावश्यक रुपमा सवारीसाधन रोक्न लगाई सवारी आवागमनमा वाधा पुर्याउने जस्ता क्रियाकलाप गरी यात्रु तथा सवारीसाधनलाई अनावश्यक दु:ख तथा हैरानी दिने र ड्युटीमा खटिएका प्रहरीलाई समेत पटक पटक अवरोध सिर्जना गर्ने गरेको आरोपमा उनीहरुलाइ पक्राउ गरी आवश्यक कार्वाही प्रक्रियालाई अगाडि बढाइएको चितवन प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि सम्मानित जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
पछिल्लोपटक चितवन प्रहरीले जिल्लामा हुने बिचौलिया गतिविधिलाइ निष्तेज पार्न विशेष प्राथमिकताका साथ अघि बढेको छ । यसअघि नवलपुरका दुइ जना बिचौलियालाइ पक्राउ गरेको प्रहरीले फागुन २९ गते एकैदिन मात्रै ठुलो संख्यामा बिचौलियालाइ पक्राउ गर्न सफल भएको छ । त्यस्तै, ड्युटीमा खटिएका प्रहरीलाई नै घुस दिन खोज्ने तीन जनालाई समेत चितवन प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भइसकेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्