११ महिनाको बालकमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण
काठमाडौँ । त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा ११ महिनाको बालकमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।
डा भण्डारीको नेतृत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो । प्रत्यारोपण राति १२ बजे सकिएको डाक्टर भण्डारीले बताउनु भएको छ । बालकलाई ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको डा. भण्डारीले फेसबुकमार्फत जानकारी दिनु भएको छ ।
बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा भण्डारीले बताउनुभयो ।
पहिलो पटक छोरीले बाबुलाई दिएको कलेजो प्रत्यारोपण गरिएको थियो । टिचिङमा गत वर्ष नै कलेजोको प्रत्यारोपण शुरू भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #त्रिवि शिक्षण (टिचिङ) अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्