रत्ननगरबाट कौडा खेल्ने तीन जना पक्राउ
चितवन । पूर्वी चितवनको रत्ननगरमा एक लाख चौध हजार चार सय पचास रुपैयाँ सहित कौडा खेल्ने ३ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय रत्ननगरको जुवातास नियन्त्रण अभियान अन्तर्गत रत्ननगर प्रहरीले रत्ननगर १६ खैरेटी स्थित राम बहादुर मगरको घरबाट १६ थान कौडा सहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीन जना माथि प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख ईन्द्र बहादुर रानाले जानकारी दिए । जुवातास नियन्त्रणमा आक्रमक बन्दै आएको चितवन प्रहरीले (बुधबार) मात्रै गितानगरबाट ३७ हजार रुपैयाँ नगद सहित ९ जना जुवाडेलाई पक्राउ गरेको थियो । पछिल्लोपटक चितवन प्रहरी जुवातास लगायत बिकृती विरुद्ध आक्रमक बन्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्