सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा अर्जुन गिरी निर्वाचित
सीता पौडेल, काठमाडौं । सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराबं) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् ।
काठमाडौंको दरबारमार्ग स्थित यल्लोप्यागोडा होटलको सभाहलमा सम्पन्न अकोराबको पन्ध्रौँ साधारण सभा तथा सातौँ अधिवेशनबाट विजयी गरीले एक सय ६९ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी कपिलदेव खनालले १४ ल्याएका थिए । खसेका मतमध्ये तीन मत बदर भएको बताइएको छ ।
अधिवेशनबाटै अकोराबले ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु अवस्थी, मधेशी उपाध्यक्षमा निमेष कर्ण, महिला उपाध्यक्षमा वन्दना दनुवार, जनजाति उपाध्यक्षमा मिलन गाहामगर र दलित उपाध्यक्षमा भुवन सिंह निर्वाचित भएका छन् ।
भने महासचिवमा किशोरजंग थापा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल चयन भएका छन् । अध्यक्षबाहेक अन्य पदमा सर्वसम्मतिले चयन भएको नव निर्वाचित अध्यक्ष अर्जुन गिरीले बताए ।

क्याटेगोरी : समाचार
ट्याग : ##अकोराब, ##अध्यक्षमा अर्जुन गिरी निर्वाचित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्