संखुवासभा कारागारका कैदीबन्दीलाई टेलिभिजन र खेल सामाग्री ( फोटोफिचर )
खाँदबारी नगरपालिकाद्वारा एक लाख बराबरको ४३ इन्चको दुईवटा टेलिभिजन र ३० हजार रकम बराबरको खेल सामग्री हस्तान्तरण ।
खाँदबारी नगरपालिकाले जिल्ला कारागार खाँदबारीमा रहेका कैदीवन्दीका लागि एलइडी टेलिभिजन सहित खेल सामग्री हस्तान्तरण गरेको छ ।

खाँदबारी कारागारभित्र रहेका पुरुष तथा महिला कैदीवन्दीलाई ४३ इन्चको दुई थान टेलिभिजन र खेल सामग्री प्रदान गरिएको हो । खाँदबारी नगरपालिकाले एक लाख बराबरको ४३ इन्चको दुईवटा टेलिभिजन र ३० हजार रकम बराबरको खेल सामग्री उपलब्ध गराएको हो ।

कारागारमा रहेकाहरुलाई मानसिक रुपमा सहज बातावरण बन्न सकोस र जानकारी मूलक सन्देश हेर्नका लागि सहज होस त्यसैगरि खेलमा सरिक हुन सकोस भन्ने उद्धेश्यका खेल सामग्रीहरु १ थान क्यारामबोर्ड, २ थान भलिवल र नेट प्रदान गरिएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले बताउनुभयो । कारागारलाई कैदी वन्दी बस्ने जेलको रुपमा नभई सुधार गृहको रुपमा व्यवस्थीत गर्ने लक्ष्यका साथ सामग्री हस्तान्तरण गरिएको नगर प्रमुख खतिवडाको भनाई छ ।

सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले विगतमा भएका कमीकमजोरीले गर्दा हाल बन्दी जीवन बिताउनु परे पनि कारागारलाई सुधार गृहका रूपमा लिन र विगतमा भएका कमीकमजोरीबाट पाठ सिकेर कारागार बस्दा आफूलाई ज्ञान सीपमा अब्बल राखी असल नागरिक बनेर निस्कन आग्रह गर्नुभयो ।

जिल्ला कारागारमा २५ जनाको क्षमता भए पनि अहिले १३५ जना कैदीवन्दी रहेकोले क्षमताभन्दा बढी कैदीवन्दी हुँदा केहि समस्या भइरहेको वेला समस्यालाई मध्यनजर गरेर सामग्री उपलव्ध गराएकोमा खाँदबारी बगरपालिकालाई कारागार प्रमुख विनोद अधिकारीले धन्यबाद ज्ञापन गर्नुभयो ।

क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #खाँदबारी नगरपालिका, #जिल्ला कारागार संखुवासभा, #जिल्ला प्रहरी कार्यालय संखुवासभा, #बिनोद अधिकारि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्