१०४ वर्षीया जेष्ठ नागरिक मनरुपाले लगाउनुभयो कोभिड–१९ विरुद्धको खोप
सीता पौडेल ,
काठमाडौं । दोस्रो चरणको खोप अभियान अन्तर्गत काठमाडौंको चावहिलस्थित ॐ अस्पतालमा १०४ बर्षिया मनरुपा चौलागाईले कोभिड–१९ विरुद्धको खोप लगाउनु भएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ७ कुमारीगालकी स्थानीय वासिन्दा चौलागाई सोही वडाकी सबैभन्दा जेष्ठ नागरिक रहेको वडा अध्यक्ष शुद्ध कुमार डंगोलले बताउनु भयो । उहाँ छोरा बुहारीका साथमा ॐ अस्पतालस्थित खोपकेन्द्र आउनुभएको थियो ।
विहान सबैर उठ्ने र नुहाई धुवाइ गरेर पूजा पाठ भजन कीर्तन गर्ने मनरुपा अहिले पनि चारतल्ले घरमा आफैं उक्लन र ओर्लन सक्ने बताउनु हुन्छ ।खानाका साकहारी सबै खानेकुरा मनपर्ने ,दहि दुध र फलफुल धेरै मन पराउने , प्रशस्त पानी पिउने थोरै थोरै तर पटक पटक खाइरहने उहाँको बानी रहेको छ ।
कोरोना महामारीका बेला मास्क लगाएर हिड्ने गरेको र बेलाबेलामा राम्रोसँग हात धुने गरेको बताउँदै उहाँले बुढाबुढीलाई धेरै अफ्ठ्यारो पार्ने कोरोना विरुद्धको खोप लगाउन पाएकोमा खुशी व्यक्त गर्नु भयो ।


रजिष्ट्रेशन डेस्क देखी परामर्श डेस्क र खोप लगाउने कक्ष तथा अब्जरभेसन कक्ष अत्यन्त बैज्ञानिक ढंगबाट मिलाइएकाले ॐ अस्पतालस्थित खोप केन्द्रमा कम समयमा खोप लगाउन सकिने भएकाले निर्धक्क भएर खोप लगाउन जेष्ठ नागरिकलाई अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिश जोशीको आग्रह गर्नुभयो ।
निजी क्षेत्रवाट संचालित स्वास्थ्य सेवा प्रदायकहरुमध्येको अग्रणि अस्पताल ॐ अस्पतालले ७० बर्ष माथिका सम्पूर्ण जेष्ठ नागरिकहरुको सम्मानमा उपचार शुल्कमा १० प्रतिशत छुट समेत प्रदान गर्दै आइरहेको बताएको छ । साथै यस अस्पतालले नेपाल सरकारसँगको सहकार्यमा क्यान्सरका बिरामीकहरुको विशेष सहुलियत र सरकारी सुविधा सहितको उपचारकक्षको व्यवस्था समेत गरेको छ । त्यसैगरी अस्पतालले मृगौलामा समस्या भएका बिरामीहरुका लागि निःशुल्क डायलाईसिस सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##कोभिड–१९ बिरुद्धको खोप, #१०४ वर्षीया जेष्ठ नागरिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्