शत प्रतिशत महिला हिंसा पीडित भएको बालाजु प्रहरीवृत्तको दाबी
सीता पौडेल, काठमाडौं । महानगरीय प्रहरीवृत्त बालाजुका अनुसार शत प्रतिशत महिला कुनै न कुनै प्रकारका हिंसाबाट पीडित छन् । मार्च ८ मा विश्वभर १११ औं अन्तर्राष्ट्रि श्रमिक महिला दिवस मनाइरहँदा प्रहरीले भने शत प्रतिशत महिलाहरु कुनै न कुनै हिंसामा रहेको दाबी गरेको छ ।
सोमबार तारकेश्वर नगरपालिकाले आयोजना गरेको १११ औं अन्तर्राष्ट्रि श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बालाजु प्रहरीवृत्तका प्रहरीनिरीक्षक गम्भिर जंग थापाले यस्तो दाबी गर्नुभएको हो । प्रहरीनिरीक्षक थापाका अनुसार माहानगरीय प्रहरीवृत्त बालाजुामा दैनिकरुपमा उल्लेख्य संख्यामा महिला हिंसाका घटनाहरु आउने गर्दछन् । यो संख्यालाई हेर्दा नेपाली समाजमा महिला हिंसा निकै रहेको दाबी गर्न सकिन्छ । उहाँले भन्नु भयो , ‘शत प्रतिशत मध्येमा पनि ८३ प्रतिसशलाई उजुरी गर्नु पर्छ भन्ने नै थाहा छैन भने १७ प्रतिशतलाई थाहा भएता पनि विभिन्न कारणले सबैले उजुरी गर्नुहुन्न । उजुरी गर्ने र कानुनी उपचारको बाटो अंगाल्ने जम्मा ५ प्रतिशत मात्र हुनुहुन्छ । ’

राष्ट्रका उच्च पदमा पुगेका महिला नेतृत्वहरुले पनि महिलाका मुद्धालाई जोडदार रुपमा उठाई समाधान गर्न नसकेको भन्दै उहाँले अझै पनि नारीले समुचित अधिकार प्राप्त गर्न नसकेको प्रहरीको ठम्याइ रहेको बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : ##महानगरीय प्रहरीवृत्त बालाजु, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्