देशभरका पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिदै
सीता पौडेल,
काठमाडौं। सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र पहिलेकै अवस्थामा रहने भन्ने फैसलापछि नेकपाले देशभरका पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गदै छ ।
यो सँगै पार्टी कार्यालयहरु पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन् । हिजो मोरङको पार्टी कार्यालयको नाम परिवर्तन गरिएको र आज बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेको सानबोर्ड राखिएको नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क कमिटीका सचिव विष्णु सिग्देलले बताउनु भयो ।
उहाँले भन्नु भयो , ‘हिजो मोरङको पार्टी कार्यालयको बोर्ड परिवर्तन गरियो । आज विहान धुमबाराहीको मुख्यालयमा एमालेको साइनबोर्ड राखिएको छ । यस्तै गण्डकी प्रदेस कमिटिको पोखरामा रहेको कार्यालयको पनि वोर्ड परिवर्तन गरि सकिएको छ । आदालतको फैसलाको कार्यान्वयनका लागि देशभरका पार्टी कार्यालयहरुमा (नेकपा) को बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी एमाले को बोर्ड राखिएको हो ।’
अब देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्ने काम छिटै सम्पन्न गर्ने एमाले निकट नेता तथा कार्यकर्ताहरुको हरुको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #breaking, #साइनबोर्ड परिवर्तन गरिदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्