सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्यमा सरकार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्य थालेको बताउनुभएको छ । भारत सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका–१५ नैकापमा निर्माण गरिने विष्णुदेवी माध्यमिक विद्यालय भवनको सोमबार शिलान्यास गर्दै उहाँले २०२८ सालको शिक्षा ऐनलाई २१औँ शताब्दी सुहाउँदो बनाउन सङ्घीय शिक्षा ऐन तर्जुमाको तयारी भइरहेको बताउनुभयो ।
सार्वजनिक विद्यालयको गरिमा बढाउन तथा पठनपाठनको वातावरण बनाउन गुणस्तरीय शिक्षाको आवश्यकतामा जोड दिँदै उहाँले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू दृढ रहेको बताउनुभयो । भारत सरकारको अनुदान रु छ करोड ४९ लाखको लागतमा पुनःनिर्माण हुन लागेको उक्त विद्यालय भवन नेपाल सरकारले निर्धारण गरेको भूकम्पमा नभत्किने मापदण्डअनुरुप बनाइने छ ।
शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने तीनवटा नयाँ संरचनामा १३ वटा कक्षा कोठा, प्रेक्षालय, प्रयोगशाला, कम्प्युटर र पुस्तकालय कक्षका साथै छात्रछात्राका लागि बेग्लाबेग्लै सुविधा सम्पन्न शौचालयको व्यवस्था हुनेछ ।
विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनःनिर्माणका लागि भारत सरकारले रु पाँच अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएअनुरुप उक्त विद्यालयको भवन निर्माण प्रारम्भ भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कृष्णगोपाल श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्