तारकेश्वर नगरपालिकाले मनायो १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
अन्तक्रिया तथा प्रशिक्षणसँगै सामुहिक गायन प्रतियोगिता सम्पन्न
सिता पौडेल
काठमाडौं । तारकेश्वर नगरपालिकाले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । नगरपालिकालले सोमबार नेपालटारमा अवस्थित एक पार्टी प्यालेसको सभाहलमा अन्तक्रिया तथा प्रशिक्षणसँगै सामुहिक गायन प्रतियोगिताको आयोजना गरि सो दिवस मनाएको हो । उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाका उप–प्रमुख भवानी डोटेल धितालले संविधानप्रद्धत्त महिला अधिकारका विषयलाई पूर्णकार्यान्वयन गर्नु राज्यको दायित्व रहनुका साथै आफ्ना अधिकारलाई महिला आफैंले बुझ्ेर अगाडि बढ्न सके महिलामामाथि हुने सम्पूर्ण हिंसाजन्य कार्यहरुलाई न्युनिकरण गर्न सकिने कुरामा जोड दिनुभयो । महिलाहरुमा घर र कामलाईसँगै मिलाएर लैजान सक्ने क्षमता रहेको भन्दै उपप्रमुख डोटेलले महिलाहरुले क्षमता चिनेर आफ्नो पहिचान बनाउन लाग्नु पर्ने बताउनु भयो ।
।कार्यक्रममा वरिष्ठ अधिवक्त विष्णु वस्यालले योनिकै आधारमा नारी सधै समस्यामा पर्नु पर्ने हो भने सृष्टिकर्ता नारीको अस्तित्व र सम्मान कहाँ छ ? भनि प्रश्न गर्नुभयो ।महिलाको हक अधिकारबारे देवानी संहितामा उल्लेख भएका कुराहरुलाई सबैले पालना गर्ने र गराउने वातावरण अझै पनि नबनेको बताउँदै उहाँले कानुन कार्यान्वयन र पालनाको पाटोलाई बलियो बनाउनु पर्ने बताउनु भयोे । छोराहरुलाई नारीलाई सम्मान र इज्जत गर्ने संस्कार सिकाइ हिंसा गरेमा आफ्नै छोरालाई पनि प्रहरीमा बुझाउने साहास ती आमाहरुलेनै गर्नु पर्ने आवश्यक्ता औंल्याउनुभयो।

त्यस्तै कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय शाखाका उपप्रमुख सरिता दाहालले अधिकार प्राप्त गरेसँगै महिलाले आफ्नो जिम्मेवारीलाई वहन गदै अगाडी बढ्न आवश्यक रहेको धारण व्यक्त गर्नु भयो । विभिन्न काल खण्डका साहासी नारीहरुको त्यागका कारण आजका नारीहरुको अधिकार र पद ३३ प्रतिशत सुनिश्चित भएकोमा अग्रजको सम्मान गदै अब ५० प्रतिशत वा बराबरी बनाउन सकेमात्र नारीको हक र अधिकारको सुनिश्चित भएको मान्न सकिने उपप्रमुख दाहालको भनाई छ ।
कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने धारण व्यक्त गर्नु भएको थियो । अतिथिहरुवक्ताहरुले पैतृक सम्पत्तिमाथिको समान अधिकारलाई जीवन व्यवहारमा कार्यान्वयन गदै घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गर्ने र संविधानले दिएको अधिकारलाई कार्यान्वयन गरि पूर्ण रुपमा पालना गर्नु पर्ने कुरामा वत्ताहरुले जोड दिनुभएको थियो ।
तारकेश्वर नगरपालिका वडा नम्बर ४का वडा सदस्य विन्दु थापाले उद्घोषण गर्नु भएको उक्त कार्यक्रममा नगरपालिकाका सात वटा वडाले सामुहिक गायन प्रतियोगितामा भाग लिएका थिए। सहभागीमध्ये वडा नम्बर ५ बाट प्रतिनिधित्व गरेको समुह प्रथम , वडा नम्बर ४ द्धतिय र वडा नम्बर ८ बाट प्रतिनिधित्व गरेको समुहले तृतिय स्थान प्राप्त गर्न सफल भएका थिए । कार्यक्रममा सोहि नगरपालिकाका जनप्रतिनिधिहरु,स्वास्थ्य स्वयंसेविकाहरु, सबै वडाका महिला समुहहरु , विभिन्न संघसंस्थाहरुका महिला प्रतिनिधिहरु , बालाजु प्रहरीवृत्तका प्रहरीनिरिक्षक , नगरपालिकाका कार्यकारी अधिकृत , नगर स्वास्थ्य शाखाका प्रमुख लगायत नगरबासी महिलादिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##१११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्