युवा संघ नेपाल नुवाकोट-काठमाडौ अन्तर जिल्ला सम्पर्क कमिटी संयोजकमा अमित मगर
शान्त जंग पाण्डे
राष्ट्रिय युवा संघ नेपाल, नुवाकोट काठमाडौं अन्तर जिल्ला सम्पर्क कमिटीको भेलाले अमित मगरलाई संयोजकमा चयन गरेको छ। काठमाडौं माछापोखरी स्थित नागार्जुन पार्टी प्यालेसमा समापन भएको भेलाले २०१ सदस्यीय नुवाकोट काठमाडौं अन्तर जिल्ला सम्पर्क कमिटी चयन गरेको हो।
सो कमिटीको सह संयोजकमा निराजन प्याकुरेल,भरत तामाङ,जयराम ओस्स्तिती ,सचीवमा संजिब लामिछाने,सह-सचीवमा प्रज्वल तिमल्सिना,राम राजा खनाल,अक्षय बि.क र कोषाध्यक्षमा सम्झना नेपाललाई चयन गरिएको थियो।
भेलाले सम्माननिय प्रधानमन्त्री केपि शर्मा वलि नेतृत्वको राष्ट्रवादी सरकार विरुद्द चौतर्फी रुपमा गरिएको घेराबन्दी प्रति निन्दा व्यक्त गर्दै राष्ट्रिय अस्मिता सार्वभौमसत्ता र राष्ट्रिय एकतालाई अक्षुण राख्न सम्माननिय प्रधानमन्त्री केपि शर्मा वलिले चाल्ने जुनसुकै कदमको पक्षमा दृढता पुर्वक उभिने संकल्प प्रस्ताव पारित गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राजु तिवारीले जानकारी दिएका छन।
(प्रशान्त जंग पाण्डे सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोट-काठमाडौ अन्तर जिल्ला सम्पर्क
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्