जनताका दुःख, कष्टका दिन गए: प्रधानमन्त्री ओली
फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब हिजो जस्तो नेपाली जनताका अब दुख र कष्टका दिन गएको बताएका छन् ।
बिहीबार सिन्धुलीको कुुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास क्रममा प्रधानमन्त्री ओलीले सरकारले विकासको गति तीव्र बनाएको भन्दै जनताका दुःख गएका बताएका हुन् ।
‘अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन गए । सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको छ । अरु पनि ल्याउदै जानेछ’, प्रधानमन्त्री ओलीले भने ।
कोभिड १९ ले प्रभाव पारे पनि अब विकास अघि बढ्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिले केही चिन्ता दिएको भएपनि चिन्ता नलिन आग्रह गरेका छन् । ‘केही केही पिलो निचोरिएर जान्छन् । चिन्ता गर्नुपर्दैन । आन्दोलन देशलाई सम्मृद्ध बनाउनेतिर जान्छ’, ओलीको भनाइ छ ।
त्यस्तै, उनले आफूलाई मधेस पस्न नदिए पनि पानी नछेक्न प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउततर्फ इंगित गर्दै भने, ‘म मुख्यमन्त्री मार्फत खवर पठाउन चाहान्छु, केपी ओलीलाई मधेसमा पस्न नदिएपनि पानी पस्न नछेक्नुहोला ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्