विहानीचोक सडक : कर्मचारी र ठेकेदारले समेत टेरेनन वडा अध्यक्ष सापकोटाको निर्देशन
गुणस्तरहीन सडक मर्मत गर्न नगरपालिकालाई पत्राचार
तारकेश्वर फागुन १८ । तारकेश्वरको साङला स्थित विहानीचोक क्षेत्रको पक्की सडक बाटो पिच गर्ने ५० लाख बजेट विनियोजनमा बोलपत्र आह्वान गर्दा ठेकेदार कम्पनीले २९ लाख बजेटमा सम्पन्न गरेको पिच डेढ महिनामै भत्किँएको छ ।
ठेकेदार स्पिड बिल्डर्स प्रा लि लगायत इन्जिनियर र नगरपालिकाको समेत चरम लापरवाहीमा गुणस्तर हिन काम भएको पाइएको हो ।
तत्कालीन समयमा पिचँ गर्दा न्युनतम मापदण्ड पूरा नगरी माटोमै पिचँ हालिएको पाइएको थियो । सडकको कुनामा लगाईएको मेसिनरी वाल गुणस्तरीय नभएको भन्दै वडाध्यक्ष विदुर सापकोटाले भत्काएर फेरि निर्माण गर्न दिएको निर्देशनको अटेर गरेका थिए । ठेकेदारले जनताबाट निर्वाचित वडा अध्यक्षलाई नटेरेपछि वडा अध्यक्ष सापकोटाकै अगुवाइमा वडाको आन्तरीक श्रोतबाट करिव दुई लाख रुपैया खर्चगरी वालको पूर्णनिमार्ण गरीएको बताइएको छ ।
वडा नं १ भित्र सम्पूर्ण प्राबिधिक काम हेर्न जिम्मा पाएका बासुदेव अधिकारी समेतलाई बायस गरि नगरपालीकाबाटै सम्पूर्ण बिल भरपाई र प्राबिधिक ईष्टमेट पास गर्नुलाई पनि संकास्पद रुपमा हेरिएको छ ।
यसै बिच वडा अध्यक्ष बिदुर सापकोटाले स्पिड बिल्डर्स प्रा लि कम्पनीलाई बोलाएर पुनः गुणस्तरीय सडक मर्मत गर्न नगरपालिकालाई पत्राचार गरिसकेको बताए ।
वडा अध्यक्ष सापकोटाले संचार माध्याममा आउनु केहीदिन अगाडीनै नगरपालीकालाई लेखेको पत्र :

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्