बालाजुमा सडक विस्तारको बिरुद्ध प्रदर्शन गर्ने सबै अभियन्ताहरु रिहा
काठमाडौं । बालाजु बाइसधारा क्षेत्रमा सरकारले नागरिकको व्यक्तिगत सम्पत्ति हडप्ने गरी सडक विस्तार गरेको भन्दै प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ता सुमन सायमी, विरोचन श्रेष्ठ, भीमदेव श्रेष्ठ, मीन शाही, महेश्वर मानन्धर, सन्जय तामाङ, रुक्षित श्रेष्ठ, दिपेन श्रेष्ठलगायतलाई बालाजुमा सडक विस्तारको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका स्थानीय वासिन्दालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासले उनीहरुलाई गैर कानुनी रुपमा थुनामा राखेको देखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरिदिएको हो ।
उनीहरुलाई राज्यविरुद्धको अपराधमा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्यादसमेत लिएको थियो । मंगलबारको आदेशमा सर्वोच्चले कुनै व्यक्तिलाई थुनामा राख्दा कानुनसम्मत, उचित कारणसहित वस्तुनिष्ठ आधार उल्लेख हुनुपर्नेमा पक्राउ परेकाहरुले के कस्तो आपराधिक कार्य गरेको नखुलेको बताएको छ ।
स्पष्ट आधार र कारणविना निवेदकहरुलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएको भन्दै उनीहरुलाई रिहा गर्न आदेश दिएको छ ।
हेर्नुहोस् सर्वोच्चको आदेश


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालाजुमा सडक विस्तारको प्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्