Techie IT
शुक्रबार, साउन २९,२०८३

पत्रकार कमल खत्री खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित


काठमाडौं । खेलकुद पत्रकार कमल खत्री खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

आइतबार युवा तथा खेलकुद मन्त्रालयले पत्रकार खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । खत्रीले पुरस्कारस्वरुप नगद रु ५० हजार प्राप्त गरेका छन् ।

यस्तै अन्य आठ जना खेलकुद पत्रकार खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका छन् ।

जसमा प्रदेश नं १ का हिमाल खरेल, प्रदेश नं २ का रन्जनकुमार भण्डारी, बागमती प्रदेशका अनिल मल्ल ठकुरी, लुम्बिनीबाट माधवप्रसाद अर्याल, मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट भुपेश उपाध्याय र सुदूरपश्चिमबाट सिताराम ओझा खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका हुन् ।

यस्तै महिलातर्फ राष्ट्रिय समाचार समितिकी मुना कार्की सो पुरस्कारबाट सम्मानित भएकी छन् ।

सम्मानित पत्रकारलाई युवा तथा खेलकुद मन्त्री दावा लामाले पुरस्कृत गरेका थिए । प्रोत्साहन पुरस्कार स्वरुप उनीहरुले रु २५ \२५ हजार प्राप्त गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #खेलकुद पत्रकार सम्मानित, #खेलकुद पत्रकारिता पुरस्कार


तपाईको कमेन्ट लेख्नुहोस्