दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा
राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारको अधिकारका निम्ति स्थापित सङ्घको महाधिवेशनको तयारी तीव्ररूपमा भइरहेको छ, महाधिवेशनमा साङ्गठनिक छलफल, पत्रकारिता र समावेशितालगायत विषयमा छलफल गर्नुका साथै नयाँ नेतृत्व चयन हुनेछ ।” सङ्घमा देशभरका दुई हजारभन्दा बढी दलित समुदायका पत्रकार आवद्ध छन् । सङ्घका हालसम्म ६० जिल्ला शाखा छन् भने काठमाडौँ उपत्यकासहित सात प्रदेश समिति छन् ।
महाधिवेशनमा ७७ वटै जिल्ला र सबै प्रदेशबाट प्रतिनिधिको सहभागिता हुनेछ । महाधिवेशनमा दलित आन्दोलनमा सक्रिय नेता एवं लेखक÷पत्रकार टीआर विश्वकर्माको सम्मानमा स्थापित ‘टीआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार’ र राणाशासनका विरुद्ध आन्दोलन चलिरहँदा कुचीकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायत नेताको चिठ्ठी आदानप्रदान गर्ने राममाया च्यामेका सम्मानमा स्थापित ‘राममाया च्यामे लोक पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । त्यसैगरी महाधिवेशनमा नेपाली काँग्रेसका संस्थापक सदस्य एवं प्रचार, लेखक तथा नेपाली चलचित्रका पहिलो निर्देशक देवव्रत परियार (डिबी परियार) को सम्मानमा स्थापित ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ र समाजसेवी रामेश्वर शिवाद्वारा स्थापित ‘परशु–सवरी’ पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ ।
दलित समुदायका पत्रकारको पेशागत हकहित प्रवद्र्धन, पेशागत सुरक्षा, क्षमता अभिवृद्धिलगायतका रचनात्मक काम गर्ने उद्देश्यले विसं २०६७ मा सङ्घको स्थापना गरिएको हो । सङ्घले सरकारी तथा निजी सञ्चारमाध्यम विषयवस्तु र सहभागिताका हिसाबले समावेशी हुनुपर्ने, दलित समुदायद्धारा सञ्चालित आमसञ्चारमाध्यम नवीकरणमा कर छुट गर्नाका साथै ती सञ्चारमाध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्नेलगायत सवाल उठाउँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दलित पत्रकार सङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्