गोकर्ण माध्यमिक विद्यालयमा बस सेवा
अङ्ग्रेजी माध्यममा पढाइ हुने गोकर्णेश्वर नगरपालिका–४ स्थित सामुदायिक गोकर्ण माध्यमिक विद्यालयमा बस सेवासमेत शुरु भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ४२ सिट क्षमताको बस विद्यार्थीलाई आवतजावत गराउन उपलब्ध गराएको हो ।
बस सेवाको आज शुभारम्भ गर्नुहुँदै वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बस सेवापछि विद्यार्थीको उपचारका लागि नर्स पनि उपलब्ध गराइने बताउनुभयो । सामुदायिक विद्यालय भए पनि गोकर्ण माविमा ६०० छात्रछात्रा अध्ययन गरिरहेको वडाध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामदास श्रेष्ठ, पूर्वप्रधानाध्यापक बटुराम भण्डारी, प्रधानाध्यापक सुस्मिता केसी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #गोकर्ण माध्यमिक विद्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्