छत्तीस जिल्लामा सिडियो सरुवा , नुवाकोटमा जीवनप्रसाद दुलाल
गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ ।
कतिपय जिल्लामा सहायक प्रजिअको सरुवा तथा पदस्थापन भएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुलीका प्रजिअ योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा, बाग्लुङ्का सुरेश न्यौपानेलाई सिन्धुली सरुवा गरिएको छ ।
गोरखाबाट तीर्थराज भट्टराईलाई महोत्तरीमा सिन्धुपाल्चोकबाट उमेशकुमार ढकाललाई प्रजिअ सुनसरीमा पठाइएको छ भने सुनसरीका प्रजिअ फिणिन्द्रमणि पोखरेललाई सप्तरी पठाइएको छ । कास्कीका ज्ञानप्रसाद ढकाललाई धादिङ, इलामका तुलसीराम सेढाईलाई उदयपुर, सल्यानका प्रजिअ हेमराज तामाङलाई अध्यागमन कार्यालय काठमाडौँ सरुवा गरिएको छ ।
उदयपुरका प्रजिअ चक्रपाणि पाण्डेलाई कपिलबस्तु पठाइएको छ । दैलेखका सन्तबहादुर सुनारलाई बर्दिया, चितवनका नारायणप्रसाद भट्टराईलाई सर्लाही र सर्लाहीका सुरेन्द्र पौडेललाई बारा पठाइएको छ भने बाराका प्रजिअ दीपकराज नेपाललाई स्याङ्जा सरुवा गरिएको छ । कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेललाई दाङ र दाङका सहसचिव जयनारायण आचार्यलाई मन्त्रालयमा काज खटाइएको छ ।
काभ्रेपलाञ्चोकका प्रजिअ लक्ष्मदेवी होमागाईलाई सल्यान, मन्त्रालयका प्रेमलाल लामिछानेलाई प्रजिअको रुपमा चितवन र गृहकै वासुदेव घिमिरेलाई दोलखा पठाइएको छ । यस्तै बाँकेका प्रजिअ हरिबहादुर प्याकुरेललाई दैलेख, जिल्ला प्रशासन कार्यालय काठमाडौँका जीवनप्रसाद दुलाललाई नुवाकोटको प्रजिअमा खटाइएको छ । नुवाकोटका प्रजिअ झङ्कनाथ ढकाललाई अध्यागमन विभागको निर्देशकमा ल्याइएको छ ।
रुद्रबहादुर मल्ललाई धादिङबाट अछामको प्रजिअमा, गोरखाका देवी पाण्डेलाई पर्वतमा र पर्वतका प्रजिअ शम्भुप्रसाद रेग्मीलाई मन्त्रालयमा ल्याइएको छ । म्याग्दीका उमाकान्त अधिकारीलाई काठमाडौँको सहायक प्रजिअमा ल्याइएको छ ।
लहानबाट प्रेमप्रसाद देवकोटालाई जाजरकोटको प्रजिअमा पठाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सिडियो सरुवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्