फाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्मृति सभा गरिदै
काठमाडौं, १३ फाल्गुण- स्वर्गिय भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको आयोजनामा फाल्गुण १८ गते भरतमोहन स्मृति सभा गरिने भएको छ । उक्त सभा फाउण्डेसनका संरक्षक समेत रहेका नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा हुन लागेको हो । फाउण्डेसनकी संस्थापक लिमा अधिकारीका अनुसार कार्यक्रम विराटनगर पोखरिया स्थित बिष्णु माया पुस्तकालय प्रांगणमा हुनेछ ।
स्मृतिसभामा भरतमोहन अधिकारीको योगदान बारे छलफल, स्वर्गिय भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको प्रदेश नं १ को घोषणा साथै अग्रज कम्युनिस्ट एवम् जेष्ठ नागरिक सम्मान गर्ने कार्यक्रम रहेको पनि संस्थापक अधिकारीले जानकारी दिएकी छिन । स्वर्गिय भरतमोहन अधिकारी स्मृति फाउण्डेसन पुर्व उप प्रधानमन्त्री स्व. भरतमोहन अधिकारीको स्मृतिमा स्थापित संस्था हो । स्वर्गिय नेता अधिकारीको धर्मपत्नी सबिता अधिकारी उक्त फाउण्डेसनको अध्यक्ष छिन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्