विभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउने
१३ फागुन, काठमाडौँ । विभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउने भएका छन् । माक्र्सवादी एकता अभियान नेपालका नाउँमा आयोजना गरिने ‘सहिद जनयुद्ध र वर्तमान राजनीतिक अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा फागवुन १४ गते शहिद भएका दिल बहादुर रम्तेलको परिवारका परशुराम रम्तेल, बेपत्ता परिवारका एकराज भण्डारी, सहिद परिवारकी प्राध्यापक तक्मा केसी, घाइते जनयोद्धा गंगाबहादुर लामा, बन्दि परिवारकी मनु लामा, नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी, नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा सुन्दरमणि दिक्षीत, अधिवक्ता शम्भु थापा, नेकपा नेता नारायण शर्मा, पूर्व सभामुख तथा शान्ति वार्ताका प्रमुख कृष्णबहादुर महरा र नेकपा(क्रान्तिकारी माओवादी)का मोहन वैद्यले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक राजेन्द्र देशभक्तले बताएका छन् ।
फागुन १४ गते दिउँसो ठिक १२.३० बजे प्रज्ञा प्रतिष्ठानको पुस्तकालय कक्षमा सो कार्यक्रम हुन लागेको आयोजकले बताएका छन् । गतवर्ष पनि पूर्व माओवादीहरुले स्वतः स्र्फुत रुपमा अन्तरक्रियात्मक भेटघाट गरेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्