चेकजाँचलाइ तीब्र बनाउँदै मुग्लिङ प्रहरी : अन्दाजी २ किलो ८०० ग्राम गाँजा सहित दुइ जना पक्राउ
चितवन । मुग्लिङ प्रहरीले अन्दाजी दुइ किलो ८०० ग्राम लागूऔषध गाँजासहित दुइ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार सोमबार राती ११ बजे ईच्छाकामना गाउँपालिका वडा नंम्बर ४ कुरिनटारबाट लागूऔषध गाँजासहित कास्की लेखनाथ महानगरपालिका वडा नंम्बर १७ बस्ने उत्तम मगर र अमृत गुरुङलाई पक्राउ गरेको हो ।
रातको समयमा शंकास्पद अवस्थामा हिंडिरहेका दुइ जना ब्यक्तिलाइ चेकजाँच गर्ने क्रममा उनीहरुलाइ पक्राउ गरेका हौं, ईलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक सुर्य रानाले भने, पक्राउ परेकामध्य हामीले मगरको साथबाट रातो, पहेंलो रङको झोलाभित्र हरियो प्लाष्टिकमा अन्दाजी एक किलो पाँच सय ग्राम, सहित कालो रङको ओप्पो मोवाईल एक थान र गुरुङको साथबाट कालो झोलाभित्र चामलको बोराभित्र दुई वटा निलो प्लाष्टिकमा छुट्टाछुट्टै पोको पारी ल्याएको अवस्थामा लागूऔषध गाँजा अंन्दाजी एक किलो ३०० ग्राम सहित हुवाइ मोबाइल एक थान समेत बरामद गरेका छौँ ।
पक्राउ परेकाहरू दुबैलाइ थप अनुसन्धानका लागि सम्मानित चितवन जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । पछिल्लोपटक शान्तिसुरक्षा नियन्त्रणमा मुग्लिङ प्रहरीले रातको समयमा विशेष सक्रियता बनाएको छ । देशको प्रमुख राजधानी काठमाडौंं भित्रीने मुख्य राजमार्ग यहीँ भएकोले पनि यहाँका प्रहरीहरु २४ सै घण्टा अर्लट भएर बसेका हुन्छन् । उसो, त मुग्लिङमा भुकम्पले भवन झिर्ण हुँदा कार्यसम्पादनका साथै, थुनुवाहरुलाइ समेत अनुसन्धान गर्न कठिनाइ हुँदै आएको छ । भवन निर्माण र प्रहरीलाई सहज सेवा उपलब्ध गराउनुपर्ने बिषयमा कोही पनि चुइक्क बोल्दैनन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्