बेलटारीमा १२५ मिटर लामो मोटरेबल पुल बन्ने
स्याङ्गजा । स्याङ्जाको बेलटारीमा मोटरेबल पुल बन्ने भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सोमवार सो मोटरेबल पुलको शिलान्यास गदै स्थानिय तहमा विकासका गतिले तिब्र रुप लिएको र विकासका गतिविधि आफ्नै गाउँठाउँमा हेर्नु पर्ने बताइन् ।
यो मोटरेबल पुल निर्माण भएपछि स्याङ्जा र पाल्पाबीच सिधा सम्पर्क हुने छ ।उक्त मोटरेबल पुलले स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ को बेलटारी र पाल्पाको बगनासकाली गाउँ पालिका ६ दर्पुक जोड्ने छ।
यस मोटरेबल पुलले बुटबल, भैरहवा, लुम्बिनीको दूरी घट्ने छ भने राष्ट्रिय गौरवका दुई सडक आयोजना कालीगण्डकी करिडोर समेत जोडिने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिए।
गौरी पार्वती न्यू टेक्निकल जेभि कुपनडोलले निर्माण जिम्म लिएको पुलको पिएस र भ्याट सहित १५ करोड ३९ लाख २८ हजार ६७९ रुपैँया ५० पैसामा सम्झौता भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## स्याङ्गजा, #मोटरेबल पुल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्