‘आजादको’ को ४०औँ स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण
सिन्धुली । शहीद ऋषिराज देवकोटा ‘आजाद ’को ४०औँ स्मृति दिवसका अवसरमा जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगरपालिका सङ्गठन कमिटीले बिरामीहरुको स्वास्थ्य लाभको कामनासहित आज फलफूल वितरण गरेको हो ।
अस्पतालमा उपचार गराइरहेका बिरामी तथा सुत्केरीलाई फलफूल वितरण गरिएको सङ्गठनका प्रमुख महेन्द्रदेव श्रेष्ठले जानकारी दिए । उनले भने , ‘पार्टीका नेता, कार्यकर्ता शुभेच्छुक र शहीद ‘आजाद’ लाई नजीकबाट चिन्ने व्यक्तिहरुको उपस्थितिमा अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरेका छौँ ।’
‘आजाद’ को सम्झनामा नेकपाले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । नेकपाको पाँचौँ महाधिवेशनमा पोलिटब्यूरो सदस्यमासमेत निर्वाचित भएका देवकोटाको पञ्चायतकालीन समयमा आन्दोनको मध्यकमान्ड सम्हाले कै बेला २०३१ साल फागुन १२ गते हत्या भएको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #आजादको’ को ४०औँ स्मृति, #सिन्धुली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्