नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ५ को संयोजकमा दिपक निरौला
काठमाडौं ,फागुन १०
नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ५ मा संयोजकको जिम्मेवारी बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलालाई प्रदान गरिएको छ। नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० निर्वाचन क्षेत्रका संयोजक चयन गरेको थियो।
काठमाडौं महानगरपालिका वडा नं २,३,४,५ बुढानिलकण्ठ नगरपालिका वडा नं ३,४,५,६,७ र टोखा नगरपालिका वडा नं २ ,३,४,५,६,७ रहेको काठमाडौं क्षेत्र नं ५ को प्रदेस सभा २ बाट प्रदेस सभामा निर्वाचित निरौला २०७४ शालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष रहेका थिए।
संयोजकको जिम्मेवारी प्राप्त गरे संगै क्षेत्रका केन्द्रीय सदस्य र जिल्ला सदस्यहरु, नगर अध्यक्ष सहितको बैठक क्षेत्रिय कार्यालयमा बसि १५ बटा शाखाको बैठक राखेर निर्वाचनमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको निरौलाले जानकारी दिएका छन।निर्वाचन क्षेत्रमा शाखा ,इलाका हुदै जिल्ला कमिटी सदस्य रहेका निरौला विद्यार्थी आन्दोलनमा पनि सक्रिय रहेका थिए।
काठमाडौं क्षेत्र नं ५ का सांस्कृतिक ,धार्मिक र पर्यटकीय स्थलहरुको प्रवर्धनका लागि विभिन्न अभियानहरु संचालन गर्दै आएका निरौलाले क्षेत्रमा अब निर्वाचन केन्द्रित काममा सक्रिय हुने बताएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #दिपक निरौला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्