बारपाकमा एकै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिए
गोर्खा । गोर्खाको बारपाकमा एकै घरमा सुतेका तीन जना मृत अवस्थामा भेटिएका छन् । बारापाकको सुलिकोट गाउँपालिका–१ स्थित धाँमी तोराङमा गएराति एउटै घरका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार मृत अवस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् ।
सोमबार बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली अनुसन्धानका लागि घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय जौवारीले बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##बारपाक, #hot, #तीन जना मृतावस्थामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्