बारपाकमा एकै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिए

गोर्खा । गोर्खाको बारपाकमा एकै घरमा सुतेका तीन जना मृत अवस्थामा भेटिएका छन् । बारापाकको सुलिकोट गाउँपालिका–१ स्थित धाँमी तोराङमा गएराति एउटै घरका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार मृत अवस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् ।
सोमबार बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली अनुसन्धानका लागि घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय जौवारीले बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##बारपाक, #hot, #तीन जना मृतावस्थामा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्