एैक्यबद्धताका अध्यक्ष तिवारीद्धारा वडा कार्यालय भवनका लागि जग्गा दान
पर्वत । एैक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीले वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गरेका छन् । तिवारीले दान गरेको जग्गामा पर्वत जिल्लाको पैयु गाउपालीका ६ सरौखोलामा वडा कार्यालय भवन बन्ने भएको छ ।
सोही पालिकाको वडा नं ६ सरौखोलाका स्थायी बासिन्दा तिवारीले सरौफांट सोताको १ रोपनि जमिन दान गर्ने घोषणा गरेपछि वडाले भवन निर्माण प्रक्रिया अघि बढाउने भएको हो ।
वडासचिव पाराश्वर सापकोटाका अनुसार स्थानीय, जनप्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि र समाजसेवीहरुको उपस्थितिमा उनले सो घोषणा गरेका थिए ।
जग्गा दान घोषणा सम्बन्धमा मागिएको प्रतिक्रियामा तिवारीले भने , ‘जग्गा वा भुमि अन्तत राज्यकै हो र नागरीकका समग्र जिम्मा पनि अन्तत राज्यकै हो , संघियता र गणतन्त्रको मर्मबोधका साथ स्थानीय तह र वडालाई भौतिक रुपले संस्थागत गर्न सहयोग पुगोस भन्ने यी दुई भावका साथमा आफनो बंशजको परम्परालाई मनन गर्दै मैले जग्गा दिने निर्णय गरेको हु ’।
दक्षिणी पर्वतमा भएको २०५७ को ऐतिहासिक हातेमालो श्रमशिविरका परीकल्पनाकार तथा कार्यक्रम संयोजक समेत रहेका उनी गैर आवासीय नेपाली पत्रकारीताका प्रवर्तक पनि हुन ।
२०४६, २०५४ र २०५५ मा राजनैतिक कारणले जेल बसेका र २०५८ पछाडि पेशा छाडेर गणतान्त्रिक आन्दोलनमा भुमिगत भएका तिवारी हाल सामाजिक अभियानहरुमा बढि सक्रिय छन ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्