नेकपा काठमाडौँ जिल्ला कमिटीले बृहत आमसभा गर्दे , निर्वाचन क्षेत्रमा संयोजक समेत तोकीयो
काठमाडौँ । नेकपा काठमाडौँ जिल्ला कमिटीले माइती घर मण्डलामा बृहत आमसभा गर्ने भएको छ।
पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा भएको बैठकले आमसभा फागुन १३ गते दिनको १२ बजे बाट सुरु गर्ने अध्यक्ष कृष्ण राईले बताए ।
अध्यक्ष राइका अनुसार काठमाडौँबाट चुनावको संदेश दिन आमसभा गर्ने निर्णय गरेको हो ।
काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा संयोजक
बैठकले सबै मातहात कमिटीहरुलाई आमसभा तयार हुन निर्देशन समेत गरेको छ। आमसभा सफल बनाउन बैठकले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ।
काठमाडौँ निर्वाचन क्षेत्र १ मा धन बहादुर आछामी, २ मा कृष्ण सृजन बजगाईं , ३ मा विश्वराज श्रेष्ठ, ४ मा तेज ढकाल, ५ मा दिपक निरौला, ६ मा विश्वनाथ लामिछाने , ७ मा विश्वराम सापकोटा , ८ मा निमा घ्याम्जो , ९ मा अनन्त राज सिग्देल , १० मा हरिभक्त महर्जन क्षेत्रिय संयोजक तोकिएका छन् भने कार्यालय सचिबमा बिदुरबिक्रम खड्का चयन भएका छन् ।
जिल्ला कमिटीको चौथौ पूर्ण बैठकमा उपत्यका इन्चार्ग, केन्द्रिय सदस्य एबम शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ, जिल्ला सह इन्चार्ज केन्द्रिय सदस्य एबम बागमती प्रदेश भौतिक मन्त्रि रामेश्वर फुयाल, जिल्ला सह इन्चार्ज एबम प्रदेश सभा सदस्य नारायण सिलवाल , पार्टी बागमती प्रदेश सचिव खेम लोहनी लगाएत् नेता जिल्ला कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा काठमाडौँ जिल्ला कमिटी
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्