एसपी अधिकारीको एक्सन : अवैध लागूऔषध सहित दुइ जना पक्राउ
चितवन । चितवन प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले गत, फागुन ५ गते बिहान ११ बजे भरतपुर महानगरपालिका वडा नंम्बर १७ स्थित गाँजीपुरबाट लागूऔषध (खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ) २ ग्राम ८७० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २७ को धिरज लामा र फागुन ६ गते दिउँसो ३ बजे भरतपुर महानगरपालिका वडा नंम्बर १० ज्ञानदर्शन चोकबाट भरतपुर १७ बस्ने बर्ष ३० का गोबिन्द राउतलाइ पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका राउतको साथबाट प्रहरीले लागूऔषध (खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ) १ ग्राम ५७ मिलिग्राम समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवैलाइ सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । चितवनको प्रहरी प्रमुखका रूपमा नेतृत्व गर्न एसपी अधिकारी चितवन आइसकेपछि उनी यहाँको शान्तिसुरक्षामा “नो कम्परमाइज” सहित एक्सनमा नै उत्रिएका छन् । जसले गर्दा एकपछि अर्को गर्दै उनले सफलता हासिल गरिरहेका छन् ।
यसअघि उनी आएकै दिन अर्थात फागुन २ गते पनि लामो समयदेखि वृद्धको हत्या गरेर फरार रहेकी मकवानपुर थाहा नगरपालिकाकी शोभा बिकलाइ पक्राउ गरेर कानुुुनको कठघरामा उभ्याउन समेत सफल भएका थिए । पछिल्लोपटक एसपी अधिकारीले चालेको कदमले जिल्लामा शान्तिसुरक्षामा सुदृढ हुने अनुभुती समेत यहाँका स्थानीयले गरेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्