प्रजातन्त्र दिवसको अवसरमा संखुवासभा कारागारका ७ कैदी छुटे
खाँदबारी : संखुवासभा जिल्ला कारागारबाट प्रजातन्त्र दिवसको अवसरमा ७ जना कैदी छुटेका छन् । कैद कट्टी नियमावली बमोजिम मापदण्ड पूरा गरेका उनीहरुलाई सरकारले प्रजतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरेर रिहा गरेको हो ।
रिहा हुनेहरुमा धर्मदेबी नगरपालिका १ का चिरन्जिबी अधिकारी, लक्ष्मण राई मकालु गाउँपालिका ४, केदार पन्त सभापोखरी, ईन्द्र तामांग मकालुगाउपालिका, धनबहादुर राई चिचिला गाउँपालिका, कमल बहादुर दाहाल चैनपुर नगरपालिका र मदन कुमार लिम्बु तेरथुमका रहेको जिल्ला कारागार संखुवासभाका जेलर बिनोद अधिकारीले जानकारी दिनुभयो । प्रक्रिया पूरा गरी उनीहरुलाई आफन्तको जिम्मा लगाइएको जेलर अधिकारीले बताउनुभयो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवस तथा गणतन्त्र दिवसको दिन जघन्य अपराध गरेकाबाहेक अन्य प्रकृतिका कैदीहरुको ५० प्रतिशत कैदी मिनाहा भएका र अन्य चालाचलन राम्रो भएको मूल्यांकनको आधारमा बाँकी कैद मिनाह गरेर रिहा गरिँदै आएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्वास्थ कार्यालय र जिल्ला अस्पताल संखुवासभाको समन्वयमा जिल्ला कारागारमा कैद भुक्त्तान गर्दै आएका एक सय तेत्तिस जना कैदीबन्दीहरुको स्वास्थ परिक्षण समेत गरिएको छ । कैदीहरुको क्षयरोग, जन्डिस, ब्लडप्रेसर सुगर लगायतका स्वास्थ परिक्षण गरिएको जेलर अधिकारीले बताउनुभयो ।
क्याटेगोरी :
समाचार
ट्याग : #जिल्ला कारागार संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्