वार्षिकोत्सवमा राससकर्मी पुरस्कृत
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा वर्षभर उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारी पुरस्कृत भएका छन् । रासस केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ती पुरस्कार प्रदान गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ,रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाल (केन्द्रीय कार्याल )र उपसमाचारदाता वीरेन्द्रनारायण कर्ण (रासस वीरगञ्ज कार्यालय प्रमुख)ले प्राप्त गर्नुभयो । पुरस्कारको राशि जनही रु १० हजार छ । त्यसैगरी महासङ्घले मनीन्द्रलाल श्रेष्ठ(राससका पूर्व कर्मचारी)र श्री शरच्चन्द्र भण्डारी उपप्रमुख समाचारदाता,रासस केन्द्रीय कार्यालय विशेष सम्मान गरेको छ ।
यो वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ स्थानीय समाचारदाता स्ट्रिङ्गर रवीन्द्र काफ्ले पाँचथर लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ७ हजार ५०० छ । उक्त पुरस्कार रासस कार्यालय तुलसीपुर, दाङका प्रमुख नारायणी रजौरेले आफ्ना मातापिता र भाइको स्मृतिमा स्थापना गर्नुभएको हो ।
कर्मचारी सङ्घ, राससले स्थापना गरेको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झा रासस प्रदेश नं २ कार्यालय, जनकपुर र कार्यालय सहयोगी खीलप्रसाद दाहाल रासस केन्द्रीय कार्यालय लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार छ ।
त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ दीपराज सन्याल अंग्रेजी समाचार, प्रमुख र राजेशकुमार श्रेष्ठ उपव्यवस्थापक, लेखा शाखा लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ ।
–––रासस
क्याटेगोरी : समाचार
ट्याग : #रासस को ६० औँ वार्षिकोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्