शान्तिसुरक्षा नियन्त्रणमा लिन कुनै कसुर बाँकी राख्दिनँ – एसपी अधिकारी
चितवन । चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जिल्लाको शान्तिसुरक्षा कायम गर्न आफुले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
आज (बिहीबार) यहाँका पत्रकारहरुसँग कुराकानी गर्दै (एसपी) अधिकारीले आफुलाइ नेपाल सरकार र विद्यमान ऐन कानुनले उपलब्ध गराएको जिम्मेवारीलाइ अक्षरंश पालना गर्दै त्यसलाई कार्यान्वयन गर्न आफु अघि बढाउने बताएका हुन् ।
यहाँका पत्रकारहरुसंग गरिएको अन्तरक्रियाका क्रम्मा (एसपी) अधिकारीले जिल्लाको शान्तिसुरक्षा कायम राख्न आफुले कुनै कसुर बाँकी नराख्ने बताउँदै आफु गफ भन्दा पनि काममा बढी केन्द्रित हुने बताए ।
वाग्मती प्रदेशभर गरिएको मुल्यांकनका क्रम्मा चितवन जिल्ला शान्तिसुरक्षाको दृष्टिकोणले समेत अत्ति नै चुनौतीपुर्ण रहेकोले प्रहरीको जनशक्ति कम भएपनि त्यसको बाबजुद आम नागरिकलाई सुरक्षा दिन आफु पछि नहट्ने बताए । आफु आइसकेपछि जिल्लामा अवैध रूपमा खोलानालामा उत्खनन हुनुका साथै, होटलहरुमा समेत यौनधन्दा हुने गरेको भन्ने सूचना प्राप्त भएको भन्दै त्यसको बुझ्ने समेेत कार्य भइरहेको उनलेे बताए ।
साथै, उनलेे त्यस्ता अवैध कुनै गतिविधि भए वा प्रहरी कर्मचारीका बारे कुनै कमी कमजोरी भए सूचना दिएर सहयोग गर्न समेत सबैमा अपिल गरेका छन् । एसपी अधिकारी गत, फागुन २ गते जुनियर प्रहरी शिक्षालय तालिम केन्द्र भरतपुरबाट चितवनको प्रहरी प्रमुखको रूपमा आएका हुन् । यसअघि उनले गोर्खाको प्रहरी प्रमुखका रूपमा समेत काम गरिसकेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्