शान्तिसुरक्षा नियन्त्रणमा लिन कुनै कसुर बाँकी राख्दिनँ – एसपी अधिकारी
चितवन । चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जिल्लाको शान्तिसुरक्षा कायम गर्न आफुले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
आज (बिहीबार) यहाँका पत्रकारहरुसँग कुराकानी गर्दै (एसपी) अधिकारीले आफुलाइ नेपाल सरकार र विद्यमान ऐन कानुनले उपलब्ध गराएको जिम्मेवारीलाइ अक्षरंश पालना गर्दै त्यसलाई कार्यान्वयन गर्न आफु अघि बढाउने बताएका हुन् ।
यहाँका पत्रकारहरुसंग गरिएको अन्तरक्रियाका क्रम्मा (एसपी) अधिकारीले जिल्लाको शान्तिसुरक्षा कायम राख्न आफुले कुनै कसुर बाँकी नराख्ने बताउँदै आफु गफ भन्दा पनि काममा बढी केन्द्रित हुने बताए ।
वाग्मती प्रदेशभर गरिएको मुल्यांकनका क्रम्मा चितवन जिल्ला शान्तिसुरक्षाको दृष्टिकोणले समेत अत्ति नै चुनौतीपुर्ण रहेकोले प्रहरीको जनशक्ति कम भएपनि त्यसको बाबजुद आम नागरिकलाई सुरक्षा दिन आफु पछि नहट्ने बताए । आफु आइसकेपछि जिल्लामा अवैध रूपमा खोलानालामा उत्खनन हुनुका साथै, होटलहरुमा समेत यौनधन्दा हुने गरेको भन्ने सूचना प्राप्त भएको भन्दै त्यसको बुझ्ने समेेत कार्य भइरहेको उनलेे बताए ।
साथै, उनलेे त्यस्ता अवैध कुनै गतिविधि भए वा प्रहरी कर्मचारीका बारे कुनै कमी कमजोरी भए सूचना दिएर सहयोग गर्न समेत सबैमा अपिल गरेका छन् । एसपी अधिकारी गत, फागुन २ गते जुनियर प्रहरी शिक्षालय तालिम केन्द्र भरतपुरबाट चितवनको प्रहरी प्रमुखको रूपमा आएका हुन् । यसअघि उनले गोर्खाको प्रहरी प्रमुखका रूपमा समेत काम गरिसकेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्