धादिङको चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् ।
दुर्घटनामा छ घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको, दुई जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्