कर्मचारी मैत्री फुटवल प्रतियोगिताको उपाधि चैनपुरलाई ( फोटो फिचर )
संखुवासभाको चैनपुरमा कर्मचारी मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
शुक्रबार चैनपुर नगरपालिका स्थित चैनपुर रंगशालामा आयोजना भएको कर्मचारी मैत्रीपूर्ण फुटबल प्रतियोगितामा खाँदबारी नगरपालिकाका कर्मचारीलाई चैनपुर नगरपालिका कर्मचारी टोलीले पराजित गरेको छ।

स्थानीय तहका कर्माचारी बिच आपसी भाइचारा, मित्रता, एकता र क्षमता अभिवृदी गर्न जिल्लाका दुई छिमेकी पालिकाहरु चैनपुर नगरपालिका र खाँदबारी नगरपालिका कर्मचारीहरु बीचको मैत्रीपूर्ण खेल खेलाइएको थियो।
संखुवासभा बहुमुखी क्याम्पसको रंगशालामा भएको खेलमा आयोजक चैनापुर नगरका टिमले खाँदबारी नगरका कर्मचारी टिमलाई २ – 0 को गोल अन्तरले पराजित गरेको थियो । चैनपुर नगरपालिकाका लागि जीवन राई र घनेन्द्र नेपालले १ र १ गोल गरेका थिए। मैत्रीपुर्ण फुटबल खेल कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा चैनपुर नगरपालिकाका उपप्रमुख मुना श्रेष्ठले गरेका थिए।

मैत्रीपुर्ण खेलले कर्माचारी बिच आपसी भाईचारा र मित्रता कायम गर्न मद्धत पुर्याएको खाँदबारी नगरपालिकाका निमित्त प्रसासकिय अधिकृत दीपकमणि घिमिरेले बताए। यस्ता प्रतियोगिताहरुले आन्तरीक पर्यटनमा समेत टेवा पुर्याउने चैनपुर उद्योग बाणिज्य संघका अध्यक्ष आशिष शाक्यको भनाई छ।
कर्मचारी मैत्रीपुर्ण फुटबल खेल कार्यक्रमको मुख्य संयोजन खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणि श्रेष्ठले गरेका थिए।

क्याटेगोरी : खेलकुद, फोटो फिचर, समाचार
ट्याग : #खाँदबारी नगरपालिका, #चैनपुर नगरपालिका, #फुटबल प्रतियोगिता, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्