मृत्युपछि शरीर दान दिने शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीको घोषणा
वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका छन् । शुक्रबार ललितपुर महानगरपालिकाको प्राङ्गणमा नइ प्रकाशनले आयोजना गरेको कार्यक्रममा उनीहरूले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।
चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिएको उनीहरूको भनाइ छ । सत्यमोहन १०१ वर्षमा हिँडिरहेका छन् भने पत्नी राधादेवी ९७ वर्षकी भइन् । दम्पतीले आ(आफ्नो भौतिक शरीर मृत्युपछि किष्ट मेडिकल कलेजलाई दान दिने बताएका छन् । दम्पतीको हस्ताक्षरसहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मन्जुरी पत्रमा उनीहरूका छोरा अनुपराज जोशीको सहमतिको समेत हस्ताक्षर छ ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा कार्यक्रम आयोजना गरिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सत्यमोहन जोशी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्