पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्ब रुपैयाँको कोष सञ्चालनमा ल्याउने तयारी
(एनआरएनए)
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ। त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।
माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल, माननीय उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट समेतको उपस्थितिमा अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ ।
सो अवसरमा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको तर्फबाट उक्त कोष सञ्चालन गर्ने सन्दर्भमा आवश्यक रकमका साथै अन्य सहयोग उपलब्ध गराउने प्रतिवद्धता प्रकट गर्दै एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाई तत्काल काम शुरु गर्न गैरआवासीय नेपाली संघलाई आग्रह गर्नुभयो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रकृया छिट्टै टुङ्ग्याई दर्ता काम शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उक्त कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत रहनेछ भने ८५ प्रतिशत शेयर विदेशमा रहेका नेपालीहरुको हुनेछ। गैरआवासीय नेपालीहरुको लगानीका लागि आइपिओ जारी गरिने जनाइएको छ। गैरआवासीय नेपाली संघका अनुसार लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरु आइसकेको र विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताइएको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्