तारकेश्वर साङ्गलामा फेरी १४०० हाँसमा बर्ड फ्लू भेटियो (फोटोफिचर)
तारकेश्वर काठमाडौ । तारकेश्वर साङ्गलामा पुन बर्ड फ्लू देखिएको छ । वडा नं १ स्थीत साङ्गलेखोला छापका किसान प्रलाद तामाङ्ग र उनका छोरा सुमन तामाङ्गले पालेको हाँस एवं कुखुरामा बर्ड फूलु देखिएको पशु सेवा बिभागका चिकित्सक अर्जुन अर्यालले बताए ।
अर्यालका अनुसार केहि दिन अघि सोही स्थानका कुखुरालाई त्रिपुरेश्वरको ल्यावमा चेक गर्दा हिजो बेलुकी बर्ड फ्लू पत्ता लागेको र हाल र्यापिड रेस्पोन्स टिमले १४०० हाँस र ४२ वटा कुखुरा नष्ट गरिएको बताए ।
पशु चिकित्सक तथा प्राविधिकको टोलीले प्रभावित क्षेत्रका कुखुरा र अण्डा नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बताइएको छ।
संक्रमित क्षेत्रका कुखुरा र अण्डा बाहेक अन्य क्षेत्रका कुखुरा र अण्डाको स्थानीय बजारमा बिक्रीवितरण खुला गरिएको बताइएको छ ।
केहिदन अघि काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसमा बर्ड फ्लू देखिएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गर्ने निर्देशन गरिएको छ ।


भिडियो हेर्नुहोस
https://www.facebook.com/sajhapana/videos/1310361419362854
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बर्ड फ्लू, #साङ्गलामा फेरी १४०० हाँस बर्ड फ्लू भेटियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्