कपिलवस्तुमा एसपी अधिकारीको एक्सन : लागु औषध सहित एक जना पक्राउ
कपिलवस्तु । अवैध लागूऔषध सहित कपिलवस्तुबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रम्मा प्रहरी चौकी पत्थरदेईयाबाट खटिएको प्रहरीको टोलीले बुधबार बिहान ६ बजे लागुऔषध सहित दाङ घोराही उपमहानगरपालिका वडा नंम्बर १३ राधाकृष्ण टोल बस्ने लक्ष्मण श्रेष्ठको छोरा बर्ष २० को पुर्णबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले शरीरको भित्री भागको कम्मरमा प्लाष्टिकको टेपले बाँधेर राखेको अवस्थामा ट्रामाडोल एक सय सात पत्ताको एक हजार सत्तरी गोटा ट्याब्लेट लुकाई छिपाई ल्याईएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार पक्राउ परेका श्रेष्ठलाई बिजयनगर गाउँपालिका वडा नंम्बर ३ डगडईमा पत्थरदेईयाबाट त्रिपालनगरतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको बताए । यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्