कपिलवस्तुमा एसपी अधिकारीको एक्सन : लागु औषध सहित एक जना पक्राउ

कपिलवस्तु । अवैध लागूऔषध सहित कपिलवस्तुबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रम्मा प्रहरी चौकी पत्थरदेईयाबाट खटिएको प्रहरीको टोलीले बुधबार बिहान ६ बजे लागुऔषध सहित दाङ घोराही उपमहानगरपालिका वडा नंम्बर १३ राधाकृष्ण टोल बस्ने लक्ष्मण श्रेष्ठको छोरा बर्ष २० को पुर्णबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले शरीरको भित्री भागको कम्मरमा प्लाष्टिकको टेपले बाँधेर राखेको अवस्थामा ट्रामाडोल एक सय सात पत्ताको एक हजार सत्तरी गोटा ट्याब्लेट लुकाई छिपाई ल्याईएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार पक्राउ परेका श्रेष्ठलाई बिजयनगर गाउँपालिका वडा नंम्बर ३ डगडईमा पत्थरदेईयाबाट त्रिपालनगरतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको बताए । यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्