Techie IT
बिहीबार, साउन २८,२०८३

टोखा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष नरोत्तम राना को सकृयतामा तिलिङ्गाटार मा. वि का विद्यार्थीलाई कापी कलम डायरी बितरण


जय न्यौपाने

२७ माघ ,काठमाण्डौ,

 

तिलिङ्गटार मा. वि. का संस्थापक स्वर्गीय लाल बहादुर राना मगर का नाति यबम् टोखा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष बिकास प्रेमी समाज सेवी युवा नेता यबम् टिलिङ्गाटार उच्च मा ।वि को विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरोत्तम राना को सकृयतामा बिगत बर्ष झै यो बर्ष पनी कक्षा ८,९ र १० का संम्पूर्ण विद्यार्थी हरुलाई उच्च मनोवल अभिवृद्धि गुणस्तरीय शिक्षा प्रदान प्रोत्साहन गर्ने उद्देश्यले सहयोग स्वरुप कापी कलम डायरी बितरण यो बर्ष पनी गरीएको छ ।

 

उक्त कार्यक्रमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरोत्तम राना ले नया भर्ना भएका विद्यार्थी हरुलाई पनी प्रोत्साहन सहयोग स्वरुप कापी कलम डायरी बितरण गर्नु हुदै मंहगो बोर्डिङ स्कुल बाट आउने दुई सय विद्यार्थीलाई प्रोत्साहन सहयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सामुदायिक विद्यालय मा आउने सम्पूर्ण विद्यार्थी लाई धन्यवाद ब्यक्त गरेका छन्l

टोखा नगरपालिका वडा नं ७ ले कक्षा नर्सरी देखी कक्षा १० संम्म अध्ययनरत संम्पुर्ण विद्यार्थी हरुलाई प्रत्येक बर्ष कापी कलम लगायतकाअतिआवश्यक सामग्री सहयोग निरन्तर गर्दै आएको र तिलीङटार उच्च मा।वि मा हाल कक्षा नर्सरी देखी कक्षा १० संम्म १८०० विद्यार्थी अध्ययनरत रहेको तिलीङ्गटार मा। वि। का प्रधान्याध्यापक श्री सरोज कुमार पाण्डे जानकारि दिएका छन् l


क्याटेगोरी : समाचार
ट्याग : #तिलिङ्गटार मा, #वि


तपाईको कमेन्ट लेख्नुहोस्