Techie IT
मंगलबार, भदौ ९,२०८३

सिन्धुलीमा सनातन धर्म संस्कृति संगठनको जागरण अभियान


सिन्धुली । नेपाल सनातन धर्म संस्कृति संगठनले मेचि महाकाली जागरण अभियानलाई तिब्रता दिएको छ । जसअनुरुप सिन्धुलीमा भब्य कार्यक्रम सम्पन्न गरेको छ ।

तिनपाटन गाँउपालिका वडा नं ८ स्थीत बैङ्गकेटेश्वर मन्दिरको प्राङ्गगडमा सम्पन्न भएका सो कार्यक्रममा  प्रमुख अतिथि नेपाल सनातन धर्म संस्कृति संगठन का अध्यक्ष एव संगत संस्कृति का अभियन्ता गुरु पुष्पराज पुरुष लगायत सोही संगठन का बाग्मति प्रदेश प्रमुख दिपक महाराज आत्रेय सहित यसै संगठन का खेम प्रसाद खनाल,उपेन्द्र बिक्रम पुरुष र विशेष अथिति श्री बेङ्कटेश्वर मन्दिर का मठाधिश श्री १००८ रिषि राज आचार्य तथा सोही मन्दिर का अध्यक्ष श्री भिम प्रसाद अधिकारी लगायत का सम्पूर्ण सनातन धर्म प्रेमि भक्तजन हरुको उपस्थिती मा कार्यक्रम सम्पन्न भएको हो ।

सोही अवसरमा अन्र्तक्रिया एवं धार्मीक भेला सम्पन्न भएको छ ।

नेपालमा सनातन संस्कृति र पुर्बीय दर्शन बिरुद प्रतक्ष वा अप्रतक्ष ढंगले प्रहार गरिएकोमा नेपाली जनतालाई जागरुप बनाउन सो अभियानलाई तिब्रता बनाइएको आयोजक नेपाल सनातन धर्म संस्कृति संगठन सिन्धुलिका सल्लाहकार पुरुषोत्तम घिमिरे (पुरुष )को भनाइ छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #सनातन धर्म संस्कृति संगठन


तपाईको कमेन्ट लेख्नुहोस्