पाँच पूर्वाधार निर्माणमा परिषद्को सम्झौता
राष्ट्रिय खेलकुद परिषद्
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले चालु आब भित्र सम्पन्न गर्ने गरि ५ वटा भौतिक पूर्वाधार निर्माण सम्बन्धी स्थानिय उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।
झापाको दमकमा निर्माण भईरहेको नारायण ज्याती बहुउद्देश्य कभर्डहलको कम्पाउण्ड बाल लगाउने कार्यका लागि राखेपले दश लाख उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र उपभोक्ता समितिका अध्यक्ष केन्द्रवहादुर प्रसाईबीच बिराटनगरमा सम्झौता भएको छ ।
कम्पाउण्ड बाल निर्माणमा ११ लाख २१ हजार ३ सय ६० रुपयाँ पौसा ३१ लाग्ने अनुमान गरिएकोमा बाँकी रकम उपभोक्ता समितिले जुटाउने सम्झौतामा उल्लेख छ ।
बिराटनगर स्थित बैजनाथपुर क्रिकेट खेल मैदान (पीच बाहेक) कटिङ गर्ने,सम्याउने,रोलिङ तथा वाटरिङ गरि सम्पूर्ण एरिया खेल्ने योग्य बनाउन राखेप सदस्य सचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष मो. साद कुरेसीबीच सम्झौता भएको छ ।
बैजनाथपुर क्रिकेट खेल मैदान निर्माण गर्नका लागि ११ लाख ८१ हजार उन्चालीस रुपयाँ पौसा एक्चालीस खर्च लाग्नेमा सम्झौता अनुसार राखेपले १० लाख उपलब्ध गराउने भएको भने बाँकी रकम उपभोक्ता समितिले जुटाउनु पर्नेछ ।
खादवारी खेल मैदानको (५ स्टेप भएको १५ मिटर लम्बाई) प्याराफिट निर्माणका लागि राखेपले १५ लाख उपलब्ध गराएको छ । राखेप सदस्य सचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष रमेश श्रेष्ठबीच सम्झौता भएको छ । कुल १६ लाख २९ हजार ५ सय ६५ रुपयाँ पौसा तीन लाग्नेमा बाँकी रकम समितिले जुटाउनु पर्ने सम्झौतामा उल्लेख छ ।
सिराहाको गोलबजार एकिकृत खेल मैदानमा तार जाली जडानका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको छ । एक सय असी मिटर तारजाली जडान गर्न कुल ११ लाख २८ हजार १ सय ७८ रुपयाँ पैसा नब्बे लाग्नेमा बाँकी रकम उपभोक्ता समितिले जुटाउनु पर्ने छ । सो सम्बन्धमा राखेप सदस्य सचिव सिलवाल र समितिका अध्यक्ष राजावाबु मगरबीच सम्झौता भएको छ ।
सुनसरीको वराहक्षेत्र स्थित बसन्तक्रृतु खेलमैदानमा गेट निर्माणका लागि राखेपले १० लाख रुपयाँ उपलब्ध गराएको छ । बिभिन्न साईजको ७ वटा गेट निर्माणका लागि ११ लाख २१ हजार २ सय ९६ रुपयाँ पैसा सत्ताईस लाग्नेमा बाँकी रकम समितिले जुटाउनु पर्ने छ । सो सम्बन्धमा राखेपका सदस्य सचिव सिलवाल र समितिका अध्यक्ष खेम उदासबीच सम्झौता भएको छ ।
सम्झौता कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया,राखेप सदस्यद्धय हरि खण्का,रेनुका श्रेष्ठ,बिभागिय प्रखुखद्धय कुलवहादुर थापा र अर्जुन विकलगायतको उपस्थिति रहेको थियो । सम्बन्धीत स्थानिय उपभोक्त समितिका अधयक्षबीच सम्झौता भएको हो ।
क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्